ओखलढुंगाको अधिबेशनमा सुनकोशीको चर्चैचर्चा, काङ्ग्रेसको शक्ति जोगाउन युबा एकजुट हुने निश्चित

    
ओखलढुंगाको अधिबेशनमा सुनकोशीको चर्चैचर्चा, काङ्ग्रेसको शक्ति जोगाउन युबा एकजुट हुने निश्चित

 बुद्व लामालाई आफ्नो समुहमा भित्र्याउन सभापतिका आकाक्षिको जोडबल, आफुले बोकेको बिचारमा अडिने उनको स्पष्ट सङ्केत 

 युबराज पहाडी/ काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाको सुनकोशी गाउँपालिका जिल्ला अधिबेशनको एक मात्र निर्णायक गाउँपालिका हो । जिल्लाका ८ पालिका मध्ये सुनकोशी गाउँपालिका सबैभन्दा धेरै क्षेत्रीय प्रतिनिधिले भाग लिने गाउँपालिका रहेकाले यो पालिका निर्णायक पालिकाको रुपमा चिनिएको छ ।

तरुण नेता बुद्व लामाको पालिका रहेकाले पनि सुनकोशी गाउँपालिका जिल्लामा चर्चित छ । लामाको नेतृत्वमा जिल्लाका ७५ वटैवडामा तरुण  युवा विद्यार्थीको एकजुट हुने सड्ढल्पले सुनकोशीको सान यो अधिबेशनमा झन बढ्ने छ ।  कमल तामाङ, रुद्र अधिकारी, कुमार लुइँटेल, भोजकुमार श्रेष्ठ, कुमार श्रेष्ठ, खिला सापकोटा, भिम गौतम  जस्ता जिल्लामा योगदान गरेका नेताको पालिका आफैमा अर्थपूर्ण छ ।

जिल्ला अधिबेशनमा २५/३० प्रतिशत उम्मेदवार यहि पालिकाबाट हुने अनुमान छ भने १४ औं महाधिवेशनमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जितेको पालिका समेत यहि हो । आर्थिक, भौतिक र नैतिक रुपमा अगाडी रहेको सुनकोशी जिल्ला नेतृत्वको सार्बाधिक चासोमा परेको पालिका हो ।

सुनकोशी गाउँपालिकाका एक दर्जन भन्दा बढी नेता जिल्ला देखि देशको राजधानी काठमाडौमा समेत परिचीत छन । जिल्लाको समग्र नेतृत्वमा देखिने, सुनिने र गनिने खालका नेता यहि पालिकामा छन ।आगामी जिल्ला अधिबेशनमा पार्टी सभापतिको प्रतिस्पर्धामा उत्रन तयार कमल तामाङ, रुद्र अधिकारीको पालिका सुनकोशी नै हो ।

विशेष गरि सुनकोशी  डा. खिला सापकोटा, भोजकुमार श्रेष्ठ, कुमार श्रेष्ठ, खिला लुइँटेल, लालकुमारी धमला, खिम तामाङ, बलबहादुर (राज) तामाङ, बलराज तामाङ, जनक कार्की, पेशल पराजुली, हिरा कटवाल, गुणराज भट्टराई, लिल तामाङ, अनुपम सापकोटा, सुभाष तामाङ, बिष्णु मगर, बिनोद भट्टराई,  बिन्दा बोगटी, सुनिता अधिकारी, सोम तामाङ, पुरुशोतम लुइँटेल, योगेश्वर अधिकारी, डेकराज भट्टराई, तुलाराम पराजुली, प्रकाश सापकोटा, सृजना सुनुवार, ढुन्डीराज पहाडी,  गोबिन्द गिरी, टायन्द्र राई

त्यस्तै स्याम कटवाल, चक्र राई, हरिशचन्द्र श्रेष्ठ, रेवती सुनुवार, जित बहादुर श्रेष्ठ, भवराम श्रेष्ठ, सुनिल मगर, सन्तोष कटवाल, सुरेश मगर, सरोज धमला, कुमार बहादुर तामाङ, शान्ता मगर, हस्त तामाङ, कुल प्रसाद धमला, सुमन दाहाल,  धनकुमार तामाङ, मुन्ना तामाङ, प्रदीप पहाडी, निर्मल पहाडी जस्ता युबा नेताको पालिका हो ।

जिल्ला अधिबेशनमा सुनकोशी गाउँपालिकाबाट सभापति लगायत पदाधिकारी, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, प्रदेश/ पालिका सभापति, लगायत पदाधिकारीमा धेरै नेता मैदानमा उत्रने संभावना छ । करिब ३ सय क्षेत्रीय प्रतिनिधि सहित  १५ औं जिल्ला अधिबेशनमा सुनकोशीले हलचल  ल्याउने पक्का छ ।