ओखलढुंगा चम्पादेबी-लिखुबाट काङ्ग्रेस जिल्ला अधिबेशन लड्ने नेताका सम्भाबित अनुहार

    
ओखलढुंगा चम्पादेबी-लिखुबाट काङ्ग्रेस जिल्ला अधिबेशन लड्ने नेताका सम्भाबित अनुहार

चम्पादेबी- लिखुका पालिका, प्रदेश र जिल्ला अधिबेशनमा आउने सम्भाबित नेता

युबराज पहाडी / काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाको आगामी १५ औं अधिबेशनमा जिल्लाको पश्चिम भाग लिखु र चाम्पादेबी गाउँपालिले निर्णायक भुमिका खेल्ने छ्न । बहुसंख्यक क्षेत्रीय प्रतिनिधि त्यस भेगका प्रभावशाली नेताको प्रत्येक्ष नियन्त्रणमा हुने भएकाले यी दुबै गाउँपालिकाको विशेष भुमिका हुने सवैको अनुमान छ ।

जिल्लाका ८ गाउँपालिका मध्ये लिखु र चम्पादेबी गाउँपालिका जिल्लाका प्रमुख नेताले नेतृत्व गरेको पालिका भएकाले केही नयाँ सोच पक्का आउने छ स्रोतले भन्यो । चम्पादेबी नबराज केसी, अजय लुइँटेल, उज्जन बुढाथोकी, इन्द्र केसी, कुलबहादुर श्रेष्ठ, बिष्णु पुलामी र लिखु अशोक कार्की, राजन सुवेदी, गोबिन्द पौडेल (पेस्तोल), भुवन भट्टराई, बद्री कार्की, कुमार सुबेदी लगायत प्रभावशाली नेताको भुगोल हो ।

दुबै स्थानीय काङ्ग्रेसले जितेका पालिका रहेकाले पनि पार्टी भित्र कार्यकर्ताको बर्चस्व छ । ठुलो सङ्ख्यामा क्षेत्रीय प्रतिनिधि आउने उक्त पश्चिम क्षेत्रका पालिका जिल्ला नेतृत्वको सार्बाधिक चासोमा परेका छन स्रोतले भन्यो ।

जिल्ला अधिबेशनमा चम्पादेबीबाट नबराज केसी, अजय लुइँटेल, उज्वन बुढाथोकी, कुल बहादुर श्रेष्ठ, इन्द्र केसी, बिष्णु पुलामी, धन बहादुर गिरी, कृष्ण खनाल, भुवन राउत, सुजन पौडेल, राजकुमार कार्की, कल्याण तामाङ, गगन श्रेष्ठ, पेसल मगर, निर्मला देबी रैका मगर, नवीन खड्का, घनस्याम घिमिरे, उत्तम फुयाल, शबिराज खत्री, हरि बराल, पदम कार्की, मनोज बुढाथोकी, निराजन घिमिरे, सन्देश राउत, सुशान ढुङ्गेल, साधुराम घिमिरे, रोहित ढुङ्गेल, मोहन तामाङले प्रतिस्पर्धा गर्ने छन ।

लिखु गाउँपालिकाबाट अशोक कार्की, राजन सुवेदी, गोबिन्द पौडेल, भुवन भट्टराई, बद्री कार्की, शान्तिराज खड्का, मोहन कार्की, देबेन्द्र पाण्डे, भिम तामाङ, उमेश लामा, भुवन खड्का, पुरुषोत्तम पौडेल, शिव खड्का, बिकास श्रेष्ठ, मीन सुबेदी लगायत धेरै नेता मैदानमा उत्रने पार्टी स्रोतले बताएको छ । पछिल्लो डाटा अनुसार यी पालिकाबाट ५ सय बढी क्षेत्रीय प्रतिनिधि छनोट भएर आउने हुन्दा आगामी १५ औं जिल्ला अधिबेशन हलचल हुने लगभग पक्का छ ।