हुकुम राई
काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाले भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्क विहीन ओखलढुंगेली नागरिकको तत्काल खोज, उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन सरकारसग आग्रह गरेको छ । काङ्ग्रेसका पुर्ब केन्द्रीय सदस्य खतिवडाको नेतृत्वमा आज गृहसचिव केदारनाथ शर्मालाई भेटी सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
भेटका क्रममा खतिवडाले सम्पर्कविहीन नागरिकहरूको अवस्था तत्काल पत्ता लगाई परिवारलाई यथाशीघ्र जानकारी गराउन तथा खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरे ।
गृहसचिव शर्माले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि टोली परिचालन भइरहेको र केही व्यक्तिहरू हाल सुरुङ (टनेल) भित्र रहेको जानकारी प्राप्त भएको बताए । साथै, विपत्तिमा प्रभावित नागरिकका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणमा विशेष प्राथमिकता दिइएको बताए ।
भेटमा कोश प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रदीप सुनुवार, जिल्ला पार्टी सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, ट्रेड युनियनका पूर्वअध्यक्ष खिलानाथ दाहाल, नेता बालकृष्ण दाहाल, नेपाली कांग्रेस पूर्व सभापति गोमा केसी पार्टी सचिव अजय लुइटेल सह- सचीव भोजकुमार श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।