मानेभञ्ज्याङ र सिद्विचरण ओखलढुंगाको काङ्ग्रेस अधिबेशनमा एकढिक्काको संभावना

    
मानेभञ्ज्याङ र सिद्विचरण ओखलढुंगाको काङ्ग्रेस अधिबेशनमा एकढिक्काको संभावना

युबराज पहाडी/ काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाको १५ औं अधिबेशनमा जिल्लाको मध्येभाग सिद्विचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकाले विशेष तयारी गरेको छ ।

पार्टीको मुख्य नेतृत्व त्यस ठाउँमा रहेकाले परिणाम आफ्नो पक्षमा पार्न सिद्विचरण र मानेभञ्ज्याङले विशेष र रहस्यमय भुमिका खेल्ने छन । मानेभञ्ज्याङ गाउँपालिका पार्टी केन्द्रीय सदस्य बाला अधिकारी, रामहरि खतिवडा, ज्ञानेन्द्र रुम्दाली र आश्रचन राईको पालिका हो भने सिद्विचरण नगरपालिका पार्टी सभापति तेजेन्द्र खनाल, सुभाष गुरुङ, बिनोद ताम्राकारको क्षेत्र हो ।

सिद्विचरणबाट तेजेन्द्र खनाल पुन सभापतिमा उठ्ने परिस्थिति निर्माण भएको छ । सुभाष गुरुङ, प्रबिण राई, प्रदीप गुरुङ, बिकास वाग्ले, सीता कटवाल, पुस्पा चौलागाईं, जीवन धमला, मैया राई, देबकुमार दाहाल महाधिवेशन प्रतिनिधिको आकाङ्क्षि हुन भने ऋषि चौलागाईं प्रदेश सभापतिका दाबेदार हुन । मानेभञ्ज्याङबाट ज्ञानेन्द्र र आश्रचन पार्टी पदाधिकारीका सम्भाबित नाम हुन ।

जिल्लाको १५ औं अधिबेशन प्रभाबित पार्न सक्ने सिद्विचरणका प्रभावशाली  बिनोद ताम्राकार, हेमालक्ष्मी राई, प्रबिण राई, प्रदीप गुरुङ, ऋषि चौलागाईं, बिकास वाग्ले, सीता कटवाल, बिश्वराज राई, जीवन धमला, निबन्द श्रेष्ठ, देब कुमार दाहाल, भीष्म श्रेष्ठ,  विवेक  (गुणराज) खड्का, पुस्पा चौलागाईं, महेन्द्र दाहाल, मैयाँ राई, गोपाल बस्नेत, भल बहादुर कटवाल, दानबहादुर खड्का, बेदुकाजी घिमिरे, पदम तामाङ, ओगिन तामाङ, सुजन दाहाल र अनुत राई छन ।

मानेभञ्ज्याङमा सबिता राई, राजाबाबु किराँती, भिम मगर, हुकुम राई, शम्भु गौतम महाधिवेशन प्रतिनिधिका आकाङ्क्षि हुन भने लेख राई, अर्जुन राई, जीवन हाताछु राई, कल्याण राई, बिष्णु तामाङ, माया राई, बिकास सौगात, रेवती मगर, नानिबाबु मगर, चन्द्र बहादुर कार्की, गौरब राई, कृष्ण प्रसाद बास्तोला, राजकुमार रुम्दाली, अष्ट राई, हेमराज राई, सम्भु गौतम, बिष्णु गौतम, ठाकुर गौतम, पुष्पराज राई, जीवन राई लगायतले पनि अधिबेशनमा उठ्न स्पेस खोजिरहेको स्रोतको दाबी छ ।

दुबै पालिका काङ्ग्रेसले जितेका स्थानीय पालिका रहेकाले पनि काङ्ग्रेस भित्र महत्त्वपूर्ण छन । सुनकोशी र चम्पादेबी गाउँपालिका जस्तै सिद्विचरण र मानेभञ्ज्याङ पनि काङ्ग्रेसका आधार क्षेत्र हुन ।
ठूलो सङ्ख्यामा क्षेत्रीय प्रतिनिधि सहित अधिबेशनमा आउने यी पालिकाको महत्त्व ज्यादा छ स्रोतले भन्यो ।

संघारमा आएको १५ औं अधिबेशनमा सिद्विचरण र मानेभञ्ज्याङले कस्तो भुमिका खेल्छ त्यो भने हेर्न बाकी छ पार्टी स्रोत भन्छ ।