देउवापक्षका नेतालाई कारबाही गर्ने काङ्ग्रेस सभापति गगनको गृहकार्य, कारबाहीको लिष्टमा खड्का र कोइराला परेनन

    
देउवापक्षका नेतालाई कारबाही गर्ने काङ्ग्रेस सभापति गगनको गृहकार्य, कारबाहीको लिष्टमा खड्का र कोइराला परेनन

युबराज पहाडी

काठमाडौ । नेपाली कांग्रेसभित्र देखिएको विवादले उग्र रुप लिने भएको छ । सर्बोच्चको निस्सा पछि केही मत्थर देखिएको विवाद महाधिवेशन रोक्न स्टेअर्डर दिन अदालतले अस्वीकार गरेसगै पुन बल्झिएको हो ।

नेपाली काङ्ग्रेस सस्थापन र इतरपक्षका छुट्टाछुट्टै महाधिवेशन घोषणा पछि पार्टी भित्र समानान्तर गतिविधिलाई नियन्त्रण गर्नु पर्ने दबाब बढेको छ ।

पार्टी भित्रको आन्तरिक एकता नहुने निश्चित देखेका पार्टी सभापति गगन थापाले २१ गते कार्यसम्पादन समितिको बैठक बोलाएका छन । कार्यसम्पादन बैठक अगाडी अनुशासन समितिको बैठक पनि बस्ने गृहकार्य रहेको छ ।

अनुशासन समितिको बैठकले पार्टीका पुर्ब सभापति शेरबहादुर देउवा पक्षका प्रमुख नेता विरुद्ध अनुशासनको कारबाही गर्ने आन्तरिक तयारी गरेको पार्टी स्रोतले बताएको छ ।

पार्टी नेताहरु शेखर कोइराला र पुर्णबहादुर खड्का बाहेक समानान्तर गतिविधि गर्ने सम्पुर्ण नेता कारबाहीको रडारमा देखिएका छन स्रोतले भन्यो । समानान्तर गतिविधिका कमान्डर शशांक कोइराला रहेको समेत निष्कर्ष निकालेको बताइएको छ ।

कारबाहीको मापदण्ड कस्तो बनाउनेवारे विभिन्न छलफल भएपनी तत्काल  मुख्य लिडरमध्येका ब्यक्तिलाई मात्र गर्ने तयारी छ स्रोतले भन्यो ।