काङ्ग्रेस जनसम्पर्क समिति अमेरिकाको उपाध्यक्षमा सोलुखुम्बुकि केसी र महामन्त्रीमा ओखलढुंगाका दाहाल निर्वाचित

    
काङ्ग्रेस जनसम्पर्क समिति अमेरिकाको उपाध्यक्षमा सोलुखुम्बुकि केसी र महामन्त्रीमा ओखलढुंगाका दाहाल निर्वाचित

काठमाडौ । नेपाली काङ्ग्रेस जनसम्पर्क समिति अमेरिकाको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित भएका छन ।

मतदान प्रक्रियाबाट सभापति नेम्वाङ सहित उपसभापतिमा बिनोद भट्ट, हरि प्रसाद शर्मा, निमा बम्जन, सन्जिब श्रेष्ठ युबा उपसभापतिमा सुनिल खत्री महामन्त्रीमा नारायण खनाल, गौतम दाहाल सह- महामन्त्रीमा अर्जुन बम, अनिता परियार र कोषाध्यक्षमा नारायण प्रसाद पोखरेल निर्वाचित भएका हुन ।

महिला उपाध्यक्षमा भने लक्ष्मी केसी कार्की निर्बिरोध निर्वाचित भएकी छिन । सोलुखुम्बुकि लक्ष्मी केसी कार्की र ओखलढुंगाका गौतम दाहाल क्रमश उपाध्यक्ष र महामन्त्रीमा निर्वाचित भएका हुन । लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेकी केसी निर्बिरोध निर्वाचित भएकी छिन । नेपाली समुदायको समस्या र हक, हितबारे आवाज उठाउने केसी काङ्ग्रेस प्रभावशाली नेता पुर्ब मन्त्री बलबहादुर केसीको बहिनी समेत हुन । उनी सोलुखुम्बु निवासी हुन ।

ओखलढुंगाको सिद्विचरण नगरपालिका- ४ रुम्जाटार निवासी गौतम दाहाल महामन्त्रीमा निर्वाचित भएका छन । दाहाल नेपाल विध्यार्थी संघ ओखलढुंगाका पूर्व जिल्ला कार्यसमिति सदस्य तथा नेपाल विध्यार्थी संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिको सभापति हुन । उनि पूर्व अर्थ राज्यमन्त्री गोपाल राईका प्रेस सल्लाहकार पनि हुन ।

दाहाल नेपाल विद्यार्थी संघको राजनीति गर्दा देखि नै चर्चामा आएका नेता हुन । उनी ओखलढुंगाको प्रभावशाली युबामध्ये सार्वाधिक चर्चित नेतामा पर्दछन । नेपाली काङ्ग्रेस १५ औं महाधिवेशनको तयारी स्वरुप अन्तर्गत बिदेश स्थित जनसम्पर्क समितिका अधिबेशन धमाधम भइरहेका छन ।