काठमाडौ । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको छाता संगठन क्युपेक नेपालको केन्द्रीय शिक्षा सचीवमा ओखलढुंगा तिर्थराज मगर निर्वाचित भएका छन ।
क्युपेकको आठौ राष्ट्रिय महाधिवेशनबाट मगर सचिवमा निर्वाचित भएका हुन । एमालेको मजदुर संगठ्न जिफन्ट निकट रहेका मगर मजदुर हक हितको लागि आवाज उठाउने मुख्य पात्र भएकाले क्युपेकमा राम्रो प्रभाव समेत छ ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई मुख्य कार्यक्षेत्र बनाएका निर्माण ब्याबसायी मगर त्यस भेगमा सफल ब्यबसायी हुन । उनी टि आर कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनीका संचालक हुन । मगर नेकपा एमाले ओखलढुंगाका नेता तथा सुनकोशी गाउँपालिका- ३ सिस्नेरीका स्थानीय हुन ।