दशौँ बार्षिक उत्सव विशेष
सुनकोशी सन्देश त्रैमाशिक पत्रीका र sunkoshisandesh.com को अन्लाईन सस्करण ९ औं बर्ष पूरा गरि १० औं बर्षमा प्रवेश गरेको छ । भिन्न बिचार, दृष्टिकोण, सामाजिक दायित्व र निश्चित उदेश्य लिएर स्थापना गरेको सुनकोशी सन्देश मिडिया नेटवर्क १० औं बसन्तमा प्रवेश गरेको खुसी तपाईंहरु माझ राख्न पाउँदा हामी अत्यन्त खुसी भएका छौं । खुसी सगसगै दिनप्रतिदिन आइपर्ने ठुला चुनौती सामना गर्न सक्ने सामर्थ्य सुनकोशी सन्देशले प्राप्त गरेको छ । पत्रीका चलाउने र पत्रकार बन्ने रहर बास्तबमा कठन बाटो रहेछ भन्ने ज्ञान प्राप्त गर्नु हाम्रो ९ बर्षको उपलब्धि हो । हामीले ९ बर्षको दौरानमा राज्यद्वारा निर्दिष्ट पत्रकारीताको आचारसंहिता भित्र रहेर देश र जनताको समृद्धि सम्मुन्नतीमा खेलेको भुमिकालाई इतिहासले मुल्यांकन गर्ने छ । क्षेत्रीय पत्रकारीता (कोशी प्रदेशका ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुर बागमती प्रदेशका सिन्धुली, रामेछाप, दोलखा र काठमाडौ उपत्यका) हुदै अहिले देशभर मात्र होइन संसारमा समेत हाम्रो उपस्थित अब्बल रहिआएको छ । हाम्रो स्थापनाको उदेश्य ओखलढुंगाको माटोमा आधारित रहेर त्यहाँका राजनीति दल, दलका नेता, सामाजिक क्षेत्रमा सक्रिय आवाजलाई संचारको माध्यमबाट भुमिका खेल्न पर्छ भन्ने थियो त्यो भुमिकाबाट कहिले पनि बिचलित नभई आगामी दिनमा अगाडी बढ्ने प्रतिबद्धता गरेका छौं । हामी हाम्रो यात्रामा साथ दिने राजनीतिक दल, दलका नेता, विभिन्न क्षेत्रमा सक्रिय सामाजिक ब्याक्तित्व, हौसला दिने, आलोचनात्मक सुझाव दिने सम्पुर्ण प्रती धन्यवाद दिन चाहन्छौं ।

युबराज पहाडी
प्रकाशक/ सम्पादक




























































