युबराज पहाडी
काठमाडौ । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनको निर्धारित कार्यतालिका अनुसार ओखलढुंगामा जिल्ला सभापतिका उम्मेदवार बारे छलफल तिब्र बनेको छ ।
सभापतिका सम्भाबित नाममध्ये नबराज केसी, तेजेन्द्र खनाल, कमल तामाङ र रुद्र अधिकारीले छलफललाई तिब्र पारेका हुन । आफ्नो समुहलाई शक्तिशाली बनाउन जिल्लाका प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा ल्याउन तानातान समेत सुरु भएको छ ।
आफ्नो समूह भित्र जिल्ला सभापतिका आकाङ्क्षी मिलाउन पार्टी नेता बाला अधिकारी, रामहरि खतिवडा, बुद्व लामा, प्रदीप सुनुवार, बालकृष्ण दाहाल, नवीन राई, खिलानाथ दाहाल, गोमा केसी, अजय लुइँटेल, हरि प्रसाद दाहाल, सुभाष गुरुङ, खिला सापकोटा, गोबिन्द पौडेल (पेस्तोल), राजन सुवेदी, अशोक कार्की, भुवन भट्टराई, कुमार श्रेष्ठ, भोज कुमार श्रेष्ठ, प्रकाश दाहाल, ज्ञानेन्द्र रुम्दाली, लिलाबल्लब दाहाल, संगिता तामाङ, गङ्गा कार्की, बेद बहादुर रोक्का, भिम गौतम, खिला लुइँटेल, उज्वन बुढाथोकी, सन्तोषबाबू थापा, इन्द्र केसी, कुल बहादुर श्रेष्ठ, लालकुमारी धमला, प्रदीप गुरुङ, आश्रचन राई, बद्री कार्की, बिष्णु आलेमगर, पेशल पराजुली, प्रबिण राई, बिष्णु पुलामी, हुकुम राई, अनुप सुनुवार, कृष्ण खनाल, रोशन महतरा, बिकाश वाग्ले, जनक कार्की, अनुपम सापकोटा, लगायत लागिपरेका छन ।
बिगतमा सक्रिय देखिएका जिल्लाका समीकरण भत्किएका छन । अहिले दुई ठुला समुह प्रष्ट मैदानमा देखिएका छन । एउटा समुहको नेतृत्व बाला अधिकारी, कुमार लुइँटेल, नबराज केसी, कमल तामाङ, रुद्र अधिकारी र हरि दाहालले गरेका छन भने अर्को समुहको नेतृत्व रामहरि खतिवडा, प्रदीप सुनुवार, तेजेन्द्र खनाल, बालकृष्ण दाहाल र खिला दाहालले गरेका छन ।
दुबै समुहलाई निर्णायक बन्न नबराज केसी आवश्यक रहेको प्रष्ट देखिएको छ । नबराज र कमल एक ठाउँमा उभिदा अर्को समुहको लागि फलामको चिउरा झै हुने छ । कमल तामाङ नबराजको नाममा सहमति हुदा आफू बाधक नबन्ने लाइनमा छन । तर नबराजको नाममा सहमति नहुदा नबराजले आफुलाई सहयोग गर्नुपर्ने कमलको बटमलाइन छ ।
नबराजले पनि कमल रुद्र र आफुमा कुनै समस्या नहुने बताएका छन । उता तेजेन्द्र खनाल र बालकृष्ण दाहाल पनि नबराज बिच्काउने पक्षमा देखिदैनन यद्यपि नबराजले त्यो समुह छाडेको सुचना पठाइसकेका छन । १४ औं अधिबेशनको समुह मिलाउन रामहरि खतिवडा, प्रदीप सुनुवारले जोडबल गरिरहेका छन ।
जिल्ला भित्रका सम्पुर्ण युबा शक्तिले भरोसा गरेका ओखलढुंगाका राजनीति ब्राण्ड बुद्व लामाको निर्णयक शक्ति नबराज- कमलसग रहने निश्चित भएको छ । लामाको पक्षमा सम्पुर्ण युबाशक्ति रहने हुदा उनि उभिएको सभापतिका उम्मेदवारले १५ औं अधिबेशनमा जित्ने संभावना रहन्छ स्रोतले भन्यो । त्यसैले उनलाई आफ्नो लबिङमा ल्याउन दुबै समुहले हरसम्भब प्रयास जारी राखेको स्रोतको दाबी छ ।
केसी, तामाङ र अधिकारीले आपसमा छलफल गरिरहेकाले सभापतिको उम्मेदवार यो समुहबाट एक जनामा झर्ने पक्का छ । उता अर्को समुहमा तेजेन्द्र खनाल र बालकृष्ण दाहाल मध्ये एक जना सभापतिका उम्मेदवार हुने कार्यकर्ताको दाबी छ । जिल्ला अधिबेशनका सम्भाबित नेता र आकाङ्क्षा राखेको पदबारे गतिविधि हामी निरन्तर प्रकाशनमा ल्याउने छौँ ।