काठमाडौ । नेपाली काङ्ग्रेस जनसम्पर्क समिति बेल्जियमका सभापति सुभाष गुरुङ नेपाल फर्किएका छन । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनको तयारीका लागि गुरुङ बेल्जियमबाट काठमाडौ आइपुगेका हुन ।
पछिल्लो समय पार्टी भित्र देखिएको आन्तरिक तनावबाट ओखलढुंगाको काङ्ग्रेसलाई एकताबद्व बनाउने उदेश्य लिएर उनी नेपाल आएका छन । काठमाडौ ओर्लिए लगत्तै जिल्लाका प्रभावशाली युवा नेताहरु सगको भेटघाटलाई जारी राखेका छन ।
गुरुङले पार्टी केन्द्रीय सदस्य बाला अधिकारी, रामहरि खतिवडा, प्रदीप सुनुवार, तेजेन्द्र खनाल, कुमार लुइँटेल, नबराज केसी,कमल तामाङ र रुद्र अधिकारी लगायत नेतासग बसेर पार्टीको आन्तरिक एकताबारे छलफल गर्ने बताएका छन ।
गुरुङ ओखलढुंगाको सिद्विचरण नगरपालिका- ४ रुम्जाटारका स्थायी बासिन्दा हुन । उनी आगामी १५ औं महाधिवेशनमा जिल्ला पदाधिकारी वा महाधिवेशन प्रतिनिधिका सम्भाबित उम्मेदवार हुन । बेल्जियमको राजनीतिमा सक्रिय रहदा पनि ओखलढुंगाको बिकास, समृद्धिमा योगदान गरिरहेका गुरुङ सामाजिक क्षेत्रमा सक्रिय छन ।