युबराज पहाडी
काठमाडौ । नेपाली काङ्ग्रेस जनसम्पर्क समिति माल्टाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।अधिबेशनबाट सभापतिमा चित्रहाङ सुब्बा लिम्बू निर्वाचित भएका छन । उनी सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।
निर्वाचित हुनेमा उपसभापति ऋषिराम काफ्ले, अनिल पन्थी महामन्त्री काव्या कटुवाल (सुनिता), श्रीकृष्ण पंगेनी, सह–महामन्त्री भरत भुसाल, बोनिस अधिकारी कोषाध्यक्ष धनपति बराल प्रवक्ता, विनोद पाण्डे, कार्यसमिति सदस्य डिल्लीप्रसाद छत्कुली, पम्फादेवी लिम्बु, उषा लिम्बु, सुबास लिम्बु, मनि प्रसाद भुसाल, अमृता हेम्ब्या, राम पन्ध्याक रहेका छन ।
उक्त प्रथम अधिबेशनले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू समेत चयन गरेको छ । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुमा काव्या कटुवाल (सुनिता), चित्रहाङ लिम्बु, ऋषिराम काफ्ले, प्रेम लिम्बु, मनोज चिमोरिया, हिमकला न्यौपाने कोइराला ( रोजि), राजेन्द्र पाहिम रहेका छन ।
सभापतिमा निर्वाचित हुने लिम्बू खाडी राष्ट्र हुँदै माल्टा पुगेका इलाम निवासी हुन । महामन्त्री र महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य निर्वाचित काब्या कटवाल ओखलढुंगाको सुनकोशी गाउँपालिका निवासी हुन । काङ्ग्रेसको जनसम्पर्क समितिमा महामन्त्री र महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य एउटै कार्यकालमा बन्ने कटवाल ओखलढुंगाकै पहिलो महिला नेता हुन ।
विद्यार्थी देखिनै राजनीतिमा सक्रिय कटवाल सामाजिक क्षेत्रमा समेत सक्रिय छिन । ओखलढुंगाको सुनकोशी गाउँपालिकाकि प्रभावशाली नेतृको पहिचान बनाएकी कटवालले चाहेमा गाउँपालिका उपाध्यक्षको सम्भाबित उम्मेदवार समेत हुन । पछिल्लो समय उनीको ओखलढुंगामा व्यापक चर्चा भइरहेको छ ।
माल्टाका निबर्तमान कार्यबाहक सभापति हरि बिसीको सक्रियताले नेपाली काङ्ग्रेसको जनसम्पर्क समितिले यो सफलता प्राप्त गरेको पार्टी स्रोतले बताएको छ ।