ओखलढुंगा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज ओखलढुंगाको पालिका तहको अधिवेशन हुँदै छ । जिल्लाका आठ स्थानीय तहमध्ये मोलुङ गाउँपालिकाको सभापतिमा फणीन्द्र ढकाल निर्बिरोध चयन भएका छन ।
मोलुङ बाहेक बाकी रहेका सात पालिकामध्ये सुनकोशीमा बिष्णु आलेमगर, प्रकाश सापकोटा र कुमार तामाङ चम्पादेबीमा बिष्णु पुलामीमगर लिखुमा मोहन कार्की, उमेश लामा र गोपाल खड्का, मानेभञ्ज्याङमा हुकुम राई, बिष्णु गौतम
सिद्विचरणमा निबन्ध श्रेष्ठ, गुणराज खड्का र रमेश धमला चिशङ्खुगढीमा लोक बहादुर राई, रामचन्द्र कार्की खिजिदेम्बामा मानबहादुर महतरा र टङ्क सुनुवार मध्ये सभापतिमा चुनिने छ्न पार्टी स्रोतले भन्यो ।
सुनकोशीमा सहमतिको प्रयास जारी छ । यद्यपि सहमति नहुदा पनि प्रतिस्पर्धाको लागि प्रतिनिधि पालिका आउने क्रम जारी छ । सहमति गराउन कुमार लुइँटेल, रुद्र अधिकारी, बुद्व लामा, भोज कुमार श्रेष्ठ, भिम कुमार गौतम, सुनिता अधिकारी लगायत नेता लागेका छन । सुनकोशी गाउँपालिका सहमति हुने लिष्टको पहिलो नम्बरमा छ ।
चम्पादेबी सहमति नजिक पुगेको स्रोतको दाबी छ । हिजो देेेखि निरन्तर छलफलमा त्यहाँको पार्टी नेतृत्व बसेको छ । नबराज केसी, अजय लुइँटेल, उज्वन बुढाथोकी र कुलबहादुर श्रेष्ठ बिच सहमति हुने निश्चित छ । चुनाव गराउदाको परिणतिबारे त्यहाको नेतृत्व जानकार छ । यो पालिकामा सहमति हुने पक्का छ ।
लिखु गाउँपालिका भित्रका अधिक नेतृत्व स्रोतसगको सम्पर्क अनुसार त्यहा सहमति हुने सम्भावना कम छ । सहमतिको संभावना नदेखिएपछी मोहन कार्कीले आफ्नो तयारी तिब्र पारेका छ्न । अशोक कार्की, राजन सुवेदी, कुमार सुवेदी, बद्री कार्की सहमति प्रयासमा छन । लिखु चुनाव हुने लिष्टमा पुगेको छ ।
मानेभञ्ज्याङमा सहमतिको प्रयास जारी छ यद्यपि सहमति नभए हुकुम राई र बिष्णु गौतम बिच निर्वाचन हुने छ । बाला अधिकारी, रामहरि खतिवडा, ज्ञानेन्द्र रुम्दाली, आश्रचन राई, सबिता राईले प्रयास गरिरहेका छन । यहाँ चुनाव हुने निश्चित छ तर सहमतिको पनि संभावना उत्तिकै छ ।
सिद्विचरणमा निबन्ध श्रेष्ठ, गुणराज (बिबेक) खड्का र रमेश धमलाको नाम चर्चामा छ । चुनावी प्रतिस्पर्धा भए निबन्ध र रमेशको बिच हुने छ । तेजेन्द्र खनाल, बिनोद ताम्राकार, सुभाष गुरुङ, प्रबिण राई, प्रदीप गुरुङ छलफल गरिरहेका छन । जिल्लाको एक मात्र नगरपालिकामा चुनाव हुने छ ।
चिशङ्खुगढीमा लोक बहादुर राई र रामचन्द्र कार्की बिच सहमति गराउन छलफल जारी छ । नवीन राई, राजकुमार ढुंगाना र सन्तोषबाबू थापा सहमति गराउन लागेका छन । यहाँ अन्तिममा सहमति नहुने हुदा चुनाव निश्चित छ ।
खिजिदेम्बामा मानबहादुर महतरा र टङ्क सुनुवारमध्ये अन्तिम सहमति गर्न त्यहाँको नेतृत्व सक्षम छ स्रोतले भन्यो । ढुक्क हुनु खिजिमा चुनाव हुदैन स्रोतले भन्छ । प्रदीप सुनुवार, बेद बहादुर रोक्का, राम सुनुवार र रोशन महतरा अन्तिम सहमतिको प्रयासमा छन । त्यसैले यहाँ चुनाव हुने छैन ।