युबराज पहाडी/ काठमाडौ । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन नजिक आइरहदा ओखलढुंगा जिल्लाका पुर्बीक्षेत्र चिशङ्खुगढी मध्येभाग मोलुङ र सुदुरपश्चिम खिजिदेम्बा गाउँपालिकाले आफ्नो तयारी तिब्र पारेका छन ।
चिशङ्खुगढीबाट नवीन राई, राजकुमार ढुंगाना र सन्तोषबाबू थापाले पदाधिकारी वा महाधिवेशन प्रतिनिधि चुनाव लड्ने बताएका छन । राई, ढुंगाना र थापा तीन जना पदाधिकारीका सम्भाबित उम्मेदवार हुन । गोपालमान थापा, जीवन शर्मा, केशबबाबू खतिवडा, हिरा लक्ष्मी कार्की, सन्तोष कोइराला लगायतले पनि अधिबेशनमा भाग खोज्ने छन ।
चिशङ्खुगढीका नवीन राई ओखलढुंगामा मात्र होइन काठमाडौमा समेत प्रभावशाली ब्यक्तिका रुपमा परिचीत छन । उनि जिल्लामा दिनदुखिका साहारा हुन । आर्थिक र भौतिक रुपमा अग्रभागमा देखिने राई दुख-सुखका सहयात्री हुन । उनी काङ्ग्रेसको केन्द्रीय राजनीतिमा पनि परिचीत छन । ओखलढुंगाको तरुण युबा, विद्यार्थी, महिला, मजदुर माझ लोकप्रिय राई ओखलढुंगाले गौरव गर्न लायक पात्र हुन ।
राजकुमार ढुंगाना पार्टीको विशेष महाधिवेशनमा ओखलढुंगाको टिम निर्माण गर्नेमध्ये अग्रमोर्चामा देखिएका अनुहार हुन । बौद्धिक तथा चतुर युबा नेता ढुंगाना हक्की र प्रष्ट छन । उनी पार्टी उपसभापतिका दाबेदार हुन ।
जिल्लाको मध्येभागमा रहेको सहिदभुमी मोलुङ गाउँपालिकामा बालकृष्ण दाहाल सभापतिको आकाङ्क्षी हुन भने खिलानाथ दाहाल, हरि दाहाल, लिलाबल्लब दाहाल, प्रकाश दाहाल, गङ्गा कार्की, संगिता तामाङ, होम बिश्वकर्मा, निश्चल दाहाल, प्रदीप बानियाँ महाधिवेशन प्रतिनिधिका दाबेदार हुन ।
नन्दलाल गिरी, कोपिला खतिवडा, टंकमाया बुढाथोकी, धनबहादुर बानियाँ, प्रकाश दाहाल, सन्तोष दाहाल, बिनोद खतिवडा, भुवन दाहाल, पदम तामाङ, अर्जुन खतिवडा, हेम बहादुर बिश्वकर्मा, भोला राई, पुष्कर थापा, अनिल कार्की, अशोक कटवालले पनि अधिबेशनमा दमदार उपस्थिति जनाउने छन ।
मोलुङमा हरि दाहाल, प्रकाश दाहाल, संगिता तामाङ, गङ्गा कार्की पछिल्लो समय पपुलर हुँदै अगाडी वढेका नेता हुन । मोलुङ गाउँपालिकामा बालकृष्ण दाहाल, खिलानाथ दाहाल, हरि प्रसाद दाहाल, प्रकाश दाहाल, लिला दाहाल, गङ्गा कार्की, संगिता तामाङको निर्देशन अनुसार प्रतिनिधिले जिल्ला अधिबेशनमा आफ्नो उम्मेदवार छनोट गर्ने छन ।
खिजिदेम्बाबाट पार्टीका केन्द्रीय सदस्य प्रदीप सुनुवार, बेदबहादुर रोक्का, टेकबहादुर खड्का, राम सुनुवार, अनुप सुनुवार, रोशन महतरा महाधिवेशन प्रतिनिधिमा उठ्ने छन भने टंक सुनुवार, सुदर्शन रोक्का, सुशीला तामाङ, कबिता सुनुवार लगायतले पनि अधिबेशनको विभिन्न तहमा उठ्ने तयारी गरेका छन ।
काङ्ग्रेस पार्टीको जिल्ला नेतृत्व गरिसकेका प्रदीप सुनुवारको निर्देशन अनुसार खिजिदेम्बा अगाडी बढ्ने स्रोतको दाबी छ । बिगतका अधिबेशनमा जस्तै यो अधिबेशनमा पनि देम्बाले सुनुवारको निर्देशन स्वीकार गर्ने छ । टेकबहादुर खड्का पार्टी पदाधिकारी उठ्ने तयारीमा छन । बेदबहादुर रोक्का, अनुप सुनुवार, राम सुनुवार, रोशन महतरा र टङ्क सुनुवार महाधिवेशन प्रतिनिधिको तयारीमा छन स्रोतले भन्यो ।