ओखलढुंगाले धेरै केन्द्रीय सदस्य जित्दा जिल्लामा काङ्ग्रेस मर्यादाक्रमबारे कौतुहलता

    
ओखलढुंगाले धेरै केन्द्रीय सदस्य जित्दा जिल्लामा काङ्ग्रेस मर्यादाक्रमबारे कौतुहलता

युबराज पहाडी/ काठमाडौ । नेपाली काङ्ग्रेस १५ औं महाधिवेशन ओखलढुंगा जिल्लाको लागि फलदायी महाधिवेशन बन्न पुगेको छ । जिल्लाबाट यो १५ औं महाधिवेशनमा एक पदाधिकारी सहित पाँच  जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छ्न ।

यस अगाडी पार्टीको विभिन्न  जिम्मेवारीमा रहेका नेताले नै पार्टीको केन्द्रीय समितिमा स्थान सुरक्षीत बनाएका हुन । पार्टीमा नेताका जिम्मेवारी अनुसार क्रमश पार्टीले पदाधिकारी तथा केन्द्रीय सदस्यको मर्यादाक्रम निर्धारण गर्ने छ ।

ओखलढुंगाबाट जितेका केन्द्रीय पदाधिकारी र धेरै सदस्यको यश अगाडी प्राप्त जिम्मेवारी अनुसार मर्यादाक्रम  निर्धारण हुने पार्टी स्रोतले बताएको छ । पार्टीले मर्यादाक्रमबारे टुङ्गो नलगाउदा सम्म पार्टी पङ्तिमा थप अन्योल सृजना हुने स्रोतको दाबी छ ।

रामहरि खतिवडा- सहमहामन्त्री
खतिवडा पुर्ब केन्द्रीय सदस्य, महाधिवेशन/ महासमिति सदस्य, संघीय सांसद, संविधान सभा सदस्य, राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति भएका नेता हुन । उनी जेलनेल र यातना सहदै विद्यार्थी राजनीतिबाट यहाँ सम्म आएका ब्यक्ति हुन । खतिवडालाई तत्कालीन राजसस्था विरुद्धको आन्दोलनमा लागे बापत पटक पटक राज्यले पक्राउ गरेको प्रमाण सुरक्षित छ । उनी आम नेपाली समुदायमा नेपालकै चर्चित केही नेतामध्ये पहिलो स्थानमा पर्छन । ओखलढुंगाबाट सहमहामन्त्रीमा जितेका खतिवडा जिल्लामा मर्यादाक्रमको पहिलो नम्बरमा हुने छन ।

प्रदिप सुनुवार
सुनुवार पुर्ब केन्द्रीय सदस्य, पार्टीको ओखलढुंगा जिल्लामा पदाधिकारी सहित २ पटकका जिल्ला सभापति,महाधिवेशन/ महासमिति सदस्य, तत्कालीन गाबिस अध्यक्ष, कोशी प्रदेशका पुर्ब (५ पटक) मन्त्री भएका नेता हुन । सुनुवारलाई काङ्ग्रेस भित्रको संगठनमा प्रभावशाली नेताको रूपमा चिनिन्छ । निर्वाचित पुर्ब केन्द्रीय सदस्य समेत भएका सुनुवार जिल्लामा दोस्रो मर्यादाक्रममा हुने पार्टी स्रोतको दाबी छ ।

बाला अधिकारी
अधिकारी पुर्ब केन्द्रीय सदस्य,महाधिवेशन/ महासमिति सदस्य, पत्रकार महासंघको केन्द्रीय कार्यबाहक अध्यक्ष, नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष, अन्तर्राष्ट्रिय पत्रकार मञ्चको उपाध्यक्ष भइसकेकी छिन । उनी ओखलढुंगाबाट काङ्ग्रेसको इतिहासमा केन्द्रीय सदस्य हुने पहिलो प्रभावशाली महिला नेतृ हुन । पार्टी स्रोतका अनुसार पुर्ब केन्द्रीय सदस्य समेत रहेकी अधिकारी जिल्लामा तेस्रो मर्यादामा हुने छिन ।

बालकृष्ण दाहाल
दाहाल महाधिवेशन प्रतिनिधि, ओखलढुंगाको (दुई पटक पार्टी सभापति) का प्रत्यासी, ओखलढुंगामा तत्कालीन संविधान सभा सदस्यका उम्मेदवार,  हाल नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्षमा बहाल छन । उनी काङ्ग्रेस नेतृत्वमा भएको राणा शासन विरुद्धको आन्दोलनमा सहिद भएका परिवारका सन्तान हुन । दाहाल पुर्ब प्रधानमन्त्री तथा काङ्ग्रेसका पुर्ब पार्टी सभापति गिरिजा प्रसाद कोइरालाका स्वकीय समेत भएका ब्यक्ति हुन । उनको मर्यादाक्रम पार्टीले निर्धारण गर्ने छ ।

खिलानाथ दाहाल
महाधिवेशन/ महासमिति सदस्य, नेपाल ट्रेड युनियनका पुर्ब केन्द्रीय अध्यक्ष, माओवादी सशस्त्र जनयुद्धको बेला काङ्ग्रेसको तर्फबाट  श्रमिक आन्दोलनको नेतृत्व गरेका नेता हुन । उनी विद्यार्थी राजनीति हुँदै केन्द्रमा पुगेका हुन भने राणा शासन विरुद्धको आन्दोलनमा सहिद भएका परिवारका सदस्य हुन । उनको मर्यादाक्रम पनि पार्टीले निर्धारण गर्ने छ ।

कुमार लुइँटेल
महाधिवेशन/ महासमिति सदस्य, पार्टीको कोशी प्रदेशका सदस्य, विद्यार्थी राजनीति हुँदै हाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । सानो उमेर देखि बहुदलीय ब्यबस्था र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएका लुइँटेल गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य ओखलढुंगाका उम्मेदवार हुन । उनको मर्यादाक्रम पार्टीले निर्धारण गरे अनुसार हुने स्रोतको दाबी छ ।

(नोट- पार्टीले गर्ने मर्यादाक्रम नै अन्तिम हुने छ ।)