ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगा १५ महाधिवेशन अन्तर्गत वडा अधिबेशन सम्पन्न गरेर पालिका अधिवेशनको तयारीमा जुटेको छ । वडा अधिबेशन सकेर पार्टीका सम्पुर्ण नेता कार्यकर्ता पालिका अधिबेशनमा जुटेका हुन ।
जिल्लाका ७५ वडाबाट छनोट भएका क्षेत्रीय प्रतिनिधिको विवरण आइसक्दा जिल्लामा सक्रिय दुई समुह पालिकाको गठजोरमा लागेका छ्न । प्रतिनिधिका नाम र अनुहार हेर्दा जिल्लामा दुई समुहको मिश्रित परिणाम आउने संभावना रहेको अगुवाहरुको अनुमान छ ।
पालिका अधिबेशनको तालिका अनुसार सुनकोशी गाउँपालिकाको सभापतिमा बिष्णु आलेमगरले दाबी प्रस्तुत गरेको छ्न । उनी सुनकोशी- ६ पाराको काङ्ग्रेस किल्ला (पालिका, प्रदेश र संघ) को निर्वाचन जिताउने भूगोलका नेता हुन ।
आलेमगर सम्भवत सुनकोशी पालिका भित्र बिना बिबादका साझा नेतामा पर्दछन । यद्यपि आज सुनकोशी गाउँपालिकाले अधिकतम सहमतिको प्रयास गर्ने पार्टीको उच्च स्रोतले बताएको छ । सहमति नहुदा प्रकाश सापकोटा र कुमार तामाङले पनि सभापतिमा उठ्ने तयारी गरेका छन ।
कमल तामाङ, रुद्र अधिकारी, कुमार लुइँटेल, बुद्व लामा, भोजकुमार श्रेष्ठ, कुमार श्रेष्ठ, भिम गौतम, सुनिता अधिकारी लगायतका नेता सकेसम्म सहमति गराउन नसके चुनावी मैदानमा उतार्न तयार छन स्रोतले भन्यो ।
चम्पादेबी गाउँपालिकामा बिष्णु पुलामीको आकाङ्क्षा छ । चम्पादेबी- २ पलापुका स्थानीय पुलामी प्रभावशाली नेता हुन । घनश्याम घिमिरे लगायत नेताले पनि आफ्नो इच्छा व्यक्त गरेको कारण आज यसबारे छलफल गरेर सहमति गर्ने स्रोतले बताएको छ । नबराज जेसी, अजय लुइँटेल, उज्वन बुढाथोकी, कुलवहादुर श्रेष्ठ, इन्द्र केसी सहमति गराउन लागेको बुझिएको छ ।
लिखु गाउँपालिकामा मोहन कार्की, उमेश लामा, गोपाल खड्काले सभापति दाबी गरेका छन । पछिल्लो समय मोहन कार्कीको संभावना बढेको स्रोतले बताएको छ । अशोक कार्की, राजन सुुवेदी, भुवन भट्टराई, गोबिन्द (पेस्तोल) पौडेल, बद्री कार्की सहमतिको पक्षमा देखिन्छन त्यसैले सहमति हुन्छ होला स्रोतले भन्यो । त्यहा हिजो देखि छलफल जारी छ ।
मानेभञ्ज्याङ गाउँपालिकामा हुकुम राई, राममणी राई, बिष्णु गौतमको नाम चर्चामा छ । त्यहा सहमति नभए हुकुम राई र बिष्णु गौतम बिच प्रतिस्पर्धा हुने छ । बाला अधिकारी, रामहरि खतिवडा, आश्रचन राई, ज्ञानेन्द्र रुम्दाली, सबिता राईको पालिका रहेकाले सहमतिको प्रयास जारी छ ।
सिद्विचरण नगरपालिकामा निबन्ध श्रेष्ठ र गुणराज (बिबेक) खड्का मध्ये एकको संभावना छ । यद्यपि एउटा समुहले रमेश धमलाको नाम बोकेको स्रोतको दाबी छ । तेजेन्द्र खनाल, बिनोद ताम्राकार, सुभाष गुरुङ, प्रबिण राई, प्रदीप गुरुङ, ऋषि चौलागाईं लगायतका सहमति गराउन लागेका छन ।
खिजिदेम्बा गाउँपालिकामा टङ्क सुनुवार, मान बहादुर महोतरा मध्ये एक सभापति हुने छ्न । खिजिमा आज सहमतिको लागि नेताहरु छलफलमा जुटेका छन । प्रदीप सुनुवार, बेदबहादुर रोक्का, राम सुनुवार र रोशन महतरा सहमति गराउने पक्षमा देखिन्छन स्रोतले भन्यो ।
चिशङ्खुगढी गाउँपालिकामा रामचन्द्र कार्की र लोकबहादुर राईले सभापतिका नाम हुन । नवीन राई, राजकुमार ढुंगाना, सन्तोषबाबू थापा, गोपालमान थापा सहमति गराउन बस्ने छन ।
मोलुङ गाउँपालिकाका प्रभावशाली नेता सहमति गराउने अन्तिम प्रयासमा लागेका छन । बालकृष्ण दाहाल, हरि दाहाल, खिलानाथ दाहाल, प्रकाश दाहाल, लिला दाहाल र गङ्गा कार्की पालिकामा सहमति गराउने पक्षमा छन स्रोतले भन्यो ।