आफ्ना नागरिक खोज्दै सुनकोशी गाउँपालिका काठमाडौमा

    
आफ्ना नागरिक खोज्दै सुनकोशी गाउँपालिका काठमाडौमा

काठमाडौ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले काठमाडौंमा बसोबास गर्ने नागरिकको सामाजिक सुरक्षा परिचयपत्र दर्ता तथा नवीकरण शिविर संचालन गरेको छ । कामको सिलसिलामा पालिका भन्दा बाहिर काठमाडौमा बस्ने नागरिकको सहजताको लागि सुनकोशी गाउँपालिकाले काठमाडौमा सिविर संचालन गरेको अध्यक्ष कमल तामाङले बताए ।

ओखलढुंगा आउने जाने बिपी राजमार्गको असहज परिस्थितिलाई ध्यानमा राखेर काठमाडौमा सेवा संचालन गरेको अध्यक्ष तामाङले बताए । धेरै नागरिकले सेवा लिन बाकी रहेकाले सिविर भोलीपनी जारी रहने हुदा आफ्ना नागरिकलाई सेवा लिन गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले आग्रह गरेकी छिन ।

आज पहिलो दिनको सिविरबाट १७४ जना सेवाग्राहीले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले बताए । राईका अनुसार पालिकाबाट प्रबाह हुने सेवा सुबिधाको लागि सम्पुर्ण कर्मचारी खटिएको प्रष्ट पारे ।