काठमाडौ । सुनकोशी गाउँपालिका- ६ स्थित दामती माध्यामिक बिध्यालयको अभिभावक भेला सम्पन्न भएको छ । हिजो सम्पन्न भेलाबाट ब्यबस्थापन समिति अध्यक्षमा सुनिल कुमार थापामगर सर्वसम्मत चयन भएका छन ।
अध्यक्षमा सुनिल सहित सदस्यहरुमा लोक बहादुर थापामगर, रूपा माया थापामगर, डिका आलेमगर, बिष्णु आलेमगर र उत्तमकुमार खत्री चयन भएका काङ्ग्रेस युबा नेता सुरेश मगरले बताएका छन ।