काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सुनकोशी गाउँपालिका ओखलढुंगाको प्रथम अधिवेशन सम्पन्न भएको छ । हिजो सम्पन्न अधिबेशनबाट कृष्ण प्रसाद अधिकारी सभापतिमा सर्वसहमत निर्वाचित भएका छन ।
सभापति सहित निर्वाचित हुनेहरुमा उपसभापतिद्वय बालेन्द्र खत्री र डम्बर बहादुर तामाङ सचीवमा अशोक तामाङ सह-सचीवमा गुप्त राई र सदस्यहरुमा मदन तिमिल्सिना, बलराम कटवाल, रोहित कटवाल, विमला तामाङ, संगिता तोलाङ्गी र तारा बहादुर थापा निर्वाचित भएका हुन ।
देशभर जस्तै ओखलढुंगामा रास्वपाको गाउँ तथा नगर अधिबेशन भइरहेका छन ।