राष्ट्रिय स्वतन्त्र पार्टी सिद्विचरण नगरपालिकाको अधिबेशनबाट सभापतिमा बानियाँ निर्वाचित

    
राष्ट्रिय स्वतन्त्र पार्टी सिद्विचरण नगरपालिकाको अधिबेशनबाट सभापतिमा बानियाँ निर्वाचित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्विचरण नगरपालिका ओखलढुंगा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । हिजो सम्पन्न अधिबेशनबाट युबा नेता नबराज बानियाँ सभापतिमा सर्वसहमत निर्वाचित भएका छन ।

जिल्लाको एकमात्र नगरपालिकाको अधिबेशनले सभापतिमा बानियाँलाई निर्वाचित गरेको हो ।

निर्वाचित हुने हरुमा उपसभापतिमा मिश्रा श्रेष्ठ सचीवमा नेत्र प्रसाद धमला सह-सचीव सुजन कार्की कोषाध्यक्षमा नेत्र श्रेष्ठ र सदस्यहरुमा राजकुमार खड्का, रमेश सार्की, धन प्रसाद चौलागाईं, लिला माया तामाङ, पारस मगर, निमानुरी शेर्पा र प्रकाश ठटाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।