मिङ्मा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’सहित सगरमाथा आरोहरण गरेका छन । उनले बुधबार बिहान ५ः४० बजे सगरमाथाको आरोहरण गरेका हुन ।
सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए । सदनदेखि शिखरसम्म भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेको बताए । शेर्पाले छोटो समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ रेकर्ड बनाएको स्रोतले बताएको छ ।