काङ्ग्रेस १५ औं अधिबेशन: ओखलढुंगामा सभापतिका उम्मेदवार घट्ने निश्चित ! खनाल, केसी, तामाङ र अधिकारी दौडमा

    
काङ्ग्रेस १५ औं अधिबेशन: ओखलढुंगामा सभापतिका उम्मेदवार घट्ने निश्चित ! खनाल, केसी, तामाङ र अधिकारी दौडमा
  • सहमति हुदा बाहेक सभापतिमा प्रतिस्पर्धा नगर्ने तेजेन्द्र खनालको मनसाय
  • पार्टी भित्रको पछिल्लो सङ्कट्का साझा पात्र नबराज केसी कार्यकर्ताका निर्बिकल्प नेता 
  • पार्टीको राजनीति ब्राण्ड बनेर जिल्लामा पहिलो पार्टी बनाउने कमल तामाङको चाहना
  • परिवर्तनले आफुलाई खोजेको रुद्र अधिकारीको भनाई

युबराज पहाडी

काठमाडौ । पार्टी भित्रको आन्तरिक द्वन्दका बीच नेपाली काङ्ग्रेसको आगामी १५ औं महाधिवेशनको माहोल तात्न थालेको छ । पार्टीको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वबारे कार्यकर्ताले बहस गर्न थालेका छन । महाधिवेशनको मेरुदण्डका रुपमा रहने प्रत्येक जिल्लाहरुमा पुराना भत्कने र नयाँ समीकरण बन्ने कसरत भईरहेका छन ।

ओखलढुंगा जिल्लामा पनि पुराना गुट भत्काउने र नयाँ समीकरण बनाउन गठजोर सुरु भएको छ । जिल्लाको पार्टी सभापति हुन सक्ने सम्भाबित नेताहरु नयाँ समीकरण बनाउने गठजोरमा लागेका छन । पार्टीको विशेष महाधिवेशन पछि ओखलढुंगा जिल्ला सभापतिको सम्भाबित उम्मेदवारको सङ्ख्या ह्वात्तै घटेको छ । यद्यपि तेजेन्द्र खनाल, नबराज केसी, कमल तामाङ र रुद्र अधिकारी सभापतिको रेसमा छन ।

पछिल्ला घटनाक्रम हेर्दा तेजेन्द्र खनाल, नबराज केसी र कमल तामाङ अहिले देखिएका बलिया पात्र हुन । खनाल, केसी र तामाङ आपसमा मिल्न सके निश्चयनै सहमतिमा नेतृत्व चुनिने छ ।सहमतिको गोलपोष्ट केन्द्रिय सदस्य बाला अधिकारी, रामहरि खतिवडा र प्रदीप सुनुवारको हातमा निर्भर छ ।

खनाल- केसी र तामाङको इच्छाशक्तिमा बाला, रामहरि र प्रदीपको समर्थन हुदा त्यही ब्यक्ति सम्भाबित सहमतिको सभापति हुने पार्टी स्रोतले बताएको छ । रुद्र प्रसाद अधिकारीले पनि सभापतिमा चाहाना राखेकाले आकाङ्क्षीको सङ्ख्या थपघट हुने पक्का छ । सहमतिको लागि अघिअघि खलाल- केसी- तामाङ छन भने अधिकारी रेशको पछिपछि लागेका छन ।

तेजेन्द्र खनाल (जिल्ला सभापति ओखलढुंगा)
१४ औं अधिबेशनमा सभापति निर्वाचित पछि बिना विवाद पार्टी चलाएका खनालले पार्टीको विशेष महाधिवेशन पछि सर्ब- सहमतिमा बाहेक आफु सभापतिमा प्रतिस्पर्धा नगर्ने मनस्थिति बनाएका छन । १४ औं जिल्ला अधिबेशन र विशेष महाधिवेशनका शक्ति समुह(गुट) मिलाउने खनालको प्रयास १५ औं जिल्ला अधिबेशन सम्पन्न नहुन्जेल जारी रहने छ । सहमतिमा सभापति स्वीकारे पुन सभापति हुने उनमा चाहना देखिन्छ । अहिले खनाल जिल्लाको प्रमुख निर्णायक शक्ति मध्येका एक पात्र हुन ।

नबराज केसी (जिल्ला उपसभापति ओखलढुंगा)
पछिल्लो विकसित घटनाक्रम हेर्दा नबराज केसी स्वभाबिक सभापतिका अब्बल दाबेदार हुन । जिल्ला सभापतिको रेशमा केसी अधिक अगाडी देखिएका छन । उनी बाला अधिकारी, रामहरि खतिवडा, प्रदीप सुनुवार, तेजेन्द्र खनाल, कमल तामाङ, बालकृष्ण दाहाल, खिला दाहाल र रुद्र अधिकारीका पनि बिश्वास योग्य पात्र हुन । राजनीतिमा तिक्डम नहुने हो भने उनि निर्बिकल्प उम्मेदवार हुन सक्छन स्रोतले भन्यो । उनी विशेष महाधिवेशन पछिका एक मात्र साझा नेता हुन ।

कमल तामाङ (जिल्ला उपसभापति ओखलढुंगा)
हक्की स्वभाव, प्रष्ट बक्ता, पक्ष विपक्षसग तत्काल रणनीति बनाउन माहिर कमल तामाङ राजनीतिमा ओखलढुंगाका चतुर खेलाडी हुन । उनलाई जिल्लामा आदिवासी जनजातिको मजबुत साथ रहेको छ । १४ औं अधिबेशनमा पार्टी उपसभापतिमा जिल्लाकै पहिलो भोट सहित उनको दमदार उपस्थितिले कार्यकर्तामा थप हौसला बढाएको छ । प्रष्ट बिचार राख्ने उनको जस्तो ब्यक्तिगत क्षमता अन्य नेतामा देखिदैन । काङ्ग्रेस भित्र तामाङ बिनाको ओखलढुंगा नुन बिनाको तरकारी जस्तो हुने एक कार्यकर्ताले बताएका छन । सहमतिका साथ काङ्ग्रेसको नेतृत्व छान्न पनि तामाङको भुमिका अहम रहन्छ स्रोतले भन्यो । सभापतिमा उम्मेदवारी सशख्त हुने छ भन्दै उनले कसैलाई कुनै भ्रम नहोस सभापतिमा मेरो उम्मेदवारी सतप्रतिशत पक्का हो । जे बोल्छन त्यही गर्छन भन्दै एक कार्यकर्ताले भने तामाङ दोस्रो पुस्ताका ब्राण्डेड नेता हुन ।

रुद्र प्रसाद अधिकारी (कोशी प्रदेश सदस्य नेपाली काङ्ग्रेस)
नेपाली काङ्ग्रेसमा रुद्र प्रसाद अधिकारीले पनि जिल्ला सभापतिमा उठ्ने बताएका छन । पार्टीको विशेष महाधिवेशन पछि नयाँ पात्र र ब्यक्ति नेतृत्वमा आउनु पर्छ भन्ने उनको चाहना देखिन्छ पार्टी स्रोतले भन्यो । अधिबेशनको तयारी गर्न अधिकारी जिल्ला दौडाहामा लागेका छन । उनी प्रती सहानुभूति राख्ने कार्यकर्ताको पङ्ती ठूलो छ स्रोतले भन्यो । सहमति र सहकार्यबाट पार्टीलाई अगाडी बढाउन लागौं उनले भनेका छन । सभापतिको लागि सहमति कुन ब्यक्तिका पक्षमा हुन्छ सहमति खोजौ, छलफल गरौं आजको आवश्यकता सहमतिको हो उनले भने ।