ओखलढुंगा । नेपाली काङ्ग्रेस ओखलढुंगाको चुनावी प्रचारको आन्तरिक अभियान तथा बैठक सम्पन्न गरेको छ । मानेभञ्ज्याङबाट सुरु भएको जिल्ला अभियान आज सुनकोशी गाउँपालिकामा पुगेर सम्पन्न भएको हो ।
कुमार लुइँटेलको आफनै गाउँपालिकामा सयौंको सङ्ख्यामा उपस्थिति जनताले जिताउने बाचा गरेका छन । सुनकोशी गाउँपालिकाले अहिले सम्म नपाएको अबसर लुइँटेलले ल्याएको भन्दै आम मतदाताले ९० प्रतिशत मत दिएर यो पालिकाबाट पठाउने बताए ।
सम्पुर्ण दलबल सहित उपस्थित सुनकोशीको भेलाबाट आएको उर्जा हेर्दा जित सुनिश्चित देखिएको एक नेताले प्रष्ट पारे । हामी यो पालिकाबाट अहिले सम्मको शक्ति एकाकार गरेर मत दिएर पठाउने छौ एक कार्यकर्ताले भने ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य बाला अधिकारी सभापति तेजेन्द्र खनाल, नबराज केसी, कमल तामाङ, अजय लुइँटेल, समानुपातिक उम्मेदवार खिलानाथ दाहाल नेताहरू रुद्र अधिकारी, बुद्व लामा, लिला दाहाल, उज्वन बुढाथोकी, प्रदीप बानियाँ, गोबिन्द पौडेल, लगायतको उपस्थिति रहेको थियो ।
पार्टीको आन्तरिक बैठकबाट आम कार्यकर्ताले उम्मेदवार लुइँटेल जिताएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको पार्टी स्रोतले बताएको छ ।