ओखलढुंगा । नेपाली काङ्ग्रेस ओखलढुंगाको चुनावी प्रचारको आन्तरिक अभियान लिखु गाउँपालिका पुगेर तयारी तिब्र बनाएको छ । अभियान अन्तर्गत कुमार लुइँटेल जिताउन नेपाली काङ्ग्रेसको आन्तरिक बैठक तथा छलफल लिखुमा सकिएको छ ।
लिखुका कार्यकर्ता र आम मतदाताका अनुसार लिखुले यो पटक होस गुमाउने छैन । जिल्लाका दुई कम्युनिस्टको हानाथापले एमालेबृत्तमा अन्योलता मात्र होइन लिखुमा सन्नाटा छाएको पार्टीका कार्यकर्ताको आरोप छ ।
लिखुबाट एमालेका उम्मेदवार अस्मिता थापा र पार्टी भित्र बिद्रोह गरि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङ बिच हुने हानाथापको प्रतिस्पर्धाले एमालेलाई गार्हो हुने आकलन गरिएको छ ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य बाला अधिकारी सभापति तेजेन्द्र खनाल, अजय लुइँटेल, राजकुमार ढुंगाना, समानुपातिक उम्मेदवार खिलानाथ दाहाल नेताहरू रुद्र अधिकारी, हरि दाहाल, लिला दाहाल, प्रकाश दाहाल, उज्वन बुढाथोकी, प्रदीप बानियाँ, राजन सुवेदी, गोबिन्द पौडेल, गङ्गा कार्की लगायतको उपस्थिति रहेको थियो ।
पार्टीको आन्तरिक बैठकबाट लिखुका आम कार्यकर्ताले उम्मेदवार लुइँटेल जिताएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको पार्टी स्रोतले बताएको छ ।