पकड जनमत रहेका खतिवडाको निर्णय कुर्दै ओखलढुंगेली
युबराज पहाडी
काठमाडौ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई मान्यता दिएपछि आसन्न प्रतिनिधिसभाको निर्वाचनमा ओखलढुंगाबाट टिकट पाउने ब्यक्तीबारे नयाँ अनुहार चर्चामा छन ।
विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित ओखलढुंगाका बाला अधिकारी नेता कुमार लुइँटेल र रुद्र अधिकारीको नाम सार्वाधिक चर्चामा आएको हो । तर एकताबद्व भएर अगाडी बढ्ने बाताबरण पार्टी भित्र बने रामहरि खतिवडा समेत त्यो सम्भावना देखि टाढा छैनन ।
अहिलेसम्म खतिवडा देउवा पक्षमै रहेकाले प्राबिधिक रुपमा उनको पक्षमा नयाँ टिम सकारात्मक बनेको पाईदैन । खतिवडाका अलवा बाला अधिकारी, कुमार लुइँटेल र रुद्र अधिकारी सम्भाबित अनुहार हुन ।
बाला अधिकारी आफू केन्द्रिय सदस्यमा निर्वाचित भएकाले पार्टी भित्र न्याय गर्न आसन्न निर्वाचनको टिकट कुमार लुइँटेल वा रुद्र अधिकारी मध्ये एकले पाउनुपर्ने पक्षमा छिन । अझै पनि काङ्ग्रेस मिलेर अगाडी बढाउने पक्षमा आफू रहेको बताउदै बाला अधिकारीले भनिन ओखलढुंगामा हातेमालो गरेर अगाडी बढौ, पालो सबैको आउँछ, निर्वाचन त आउने जाने हुन्छन ।
ओखलढुंगामा काङ्ग्रेस बलियो हुन पार्टी सभापति तेजेन्द्र खनाल, रामहरि खतिवडा, प्रदीप सुनुवार, नबराज केसी, अजय लुइँटेल, बुद्व लामा, नवीन राई, गोबिन्द पौडेलको साथ लिन अपरिहार्य जस्तै छ स्रोतले भन्यो ।
विशेष महाधिवेशनले केन्द्रिय सदस्यमा निर्वाचित बाला अधिकारी नेताहरू कुमार लुइँटेल, रुद्र अधिकारी, कमल तामाङ र ज्ञानेन्द्र रुम्दालीले पार्टी बलियो बनाउन के गरि हुन्छ ओखलढुंगा मिलाउन अग्रसर हुनुपर्ने बेला आएको आम कार्यकर्ताको बुझाई छ ।