काङ्ग्रेस ओखलढुंगाको काठमाडौमा समानान्तर भेला, समानान्तर भेलामा नेतृत्व सहभागी नभई एकताबद्ध हुदा कार्यकर्ता उत्साही

    
काङ्ग्रेस ओखलढुंगाको काठमाडौमा समानान्तर भेला, समानान्तर भेलामा नेतृत्व सहभागी नभई एकताबद्ध हुदा कार्यकर्ता उत्साही

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाको विशेष महाधिवेशन पक्षले आज काठमाडौमा समानान्तर भेलाको आयोजना गरेको छ । आफू पक्षका कार्यकर्ताको उपस्थितिमा उक्त समुहले विशेष महाधिवेशन सफल बनाउन आन्तरिक छलफल भन्दै भेला बोलाएको हो ।

भेलामा ओखलढुंगाको पार्टी नेतृत्वले सहभागी नजनाएको कारण पछिल्लो समयसम्म पार्टी एकजुट देखिएको छ । विशेष महाधिवेशनको समानान्तर भेलाको उपस्थिति हेर्दा ओखलढुंगामा पार्टीको शक्ति एकढिक्का रहेको एक पदाधिकारीले प्रतिक्रिया दिएका छन ।

पार्टी केन्द्रिय सदस्य प्रदिप सुनुवार, रामहरि खतिवडा जिल्ला सभापति तेजेन्द्र खनाल, उपसभापति नबराज केसी, नेता (बालकृष्ण दाहाल उपस्थिति भई आफ्नो कुरा राखेर बाहिरिएका), गोमा केसी, सचीव अजय लुइँटेल, सह- सचीव भोजकुमार श्रेष्ठ, कोषाध्यक्ष बिनोद ताम्राकार, प्रभावशाली नेता बुद्ध लामा, नवीन राई, लिला दाहाल, राजन सुवेदी, गोबिन्द पौडेल, भिम गौतम, अनुप सुनुवार, तरुणदल टिम, नेपाल विद्यार्थी संघको नेतृत्व, भातृ संस्थाका नेतृत्व लगायतको शक्ति समानान्तर भेलामा नदेखिएको कारण जिल्ला नेतृत्व झन सशख्त हुने आम कार्यकर्ताले बताएका छन ।

नेपाली काङ्ग्रेसको ओखलढुंगा काठमाडौ उपत्यका सम्पर्क  समितिलाई आयोजक बनाउन चाहेको समानान्तर भेलापक्षले सम्पर्क समितिको सहभागी हुने तर आयोजक बन्न नमान्ने चरीत्रका कारण आफै आयोजक बन्न बाध्य भएको थियो । तर उक्त आयोजित विशेष महाधिवेशन सफल बनाउन आह्वान  भेलामा उपस्थिति कार्यकर्ताको चिन्ता पार्टी एक हुनुपर्छ भन्ने रहेको सहभागीले बताए ।

भेलामा कमल तामाङ, कुमार लुइँटेल, रुद्र अधिकारी, बाला अधिकारी, उज्वन बुढाथोकी, हरि दाहाल, बेद बहादुर रोक्का, बिनोद केसी, सर्बधन तामाङ लगायतको उपस्थित रहेको थियो । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही प्रतिनिधिले बहिस्कार गरेको बताईएको छ । पार्टीको नेतृत्वले सहभागिता नजनाएको कारण ओखलढुंगाका कार्यकर्ता उत्साही बनेको पार्टी स्रोतले बताएको छ ।