काठमाडौ । सुनकोशी गाउँपालिका- ३ स्थित कालिका माध्यमिक विद्यालय सिस्नेरीका विद्यार्थीलाई त्रिभुवन बिश्वबिध्यालयका प्राध्यापक डा. खिला सापकोटाले शैक्षिक सामग्री (कापी, कलम, झोला) वितरण गरेका छन ।
ओखलढुंगा जिल्लाका शैक्षिक अभियान्ता, कालिका बहुमुखी क्याम्पसका प्रमुख, बुक्लिन कलेज संचालक, लायन्स ईन्टरनेशनल, डिष्टिक ३२५ एफका क्लस्टर चिफ सापकोटाले ३५० ब्याग र सोही बराबरको कापी कलम बितरण गरेका हुन । सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङको उपस्थितिमा शैक्षिक सामाग्री बितरण गरेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नबराज खड्काले बताए ।
सापकोटाले सुनकोशी- १ स्थित योगस्थान आधारभुत बिध्यालय साधी र महाङ्काल आधारभुत बिध्यालयका विद्यार्थीलाई समेत शैक्षिक सामाग्री (कापी, कलम, झोला) बितरण गरेको बिध्यालय प्रशासनले जनाएको छ ।
सुनकोशी गाउँपालिका- १ का स्थानीय सापकोटा शैक्षिक क्षेत्रमा मात्र होइन राजनीतिमा पनि सक्रिय छन । उनी छिट्टै राजनीतिमा आउने संभावना समेत रहेको छ । ओखलढुंगामा सापकोटा केही हाइप्रोफाईल ब्यक्ति तथा नेतामध्ये चर्चित छन ।