नेपाल विद्यार्थी संघ सीटीईभीटी समितिले बुझायो ज्ञापनपत्र, माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम

    
नेपाल विद्यार्थी संघ सीटीईभीटी समितिले बुझायो ज्ञापनपत्र, माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम

काठमाडौ । नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघ सीटीईभीटी केन्द्रीय समन्वय समितिले सीटीईभीटीमा ज्ञापनपत्र बुझाएको छ ।  नेपाल विद्यार्थी संघ सीटीईभीटी समन्वय समितिका अध्यक्ष अनिल कार्कीको नेतृत्वको टोलीले सीटीईभीटीका सदस्य सचीव महेश सीटीईभीटी सुधारका लागि ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघ सीटीईभीटी समन्वय समितिको अध्यक्षमा अनिल कार्की चयन भएसगै उनले जिम्मेवारी ग्रहण गर्ने क्रममा अध्यक्ष कार्कीले आफु सधैं विद्यार्थीको हकहितका लागि प्रतिबद्ध रहेकाले सोही अनुसार प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष कार्की नेतृत्व टोलीले बुझाएको  १८ बुदे मागपत्र ७२ घन्टामा पूरा गर्न  अल्टिमेटम दिईएको छ । ज्ञापनपत्रमा विद्यार्थीको मुद्वा र प्राबिधिक शिक्षा सुधारका माग रहेको अध्यक्ष कार्कीले बताए ।