देउवाले किन बोलाए पार्टी शिर्ष चार नेताको बैठक

    
देउवाले किन बोलाए पार्टी  शिर्ष चार नेताको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन । क्रियाशिल सदस्य नवीकरणको समस्या, आगामी १५ औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर गर्न सक्ने संभावना बीच अहिले ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएको छ ।  छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ ।