कार्यतालिका सहित महाधिवेशनको महाकुम्भमा नेपाली काङ्ग्रेस होमिने

    
कार्यतालिका सहित महाधिवेशनको महाकुम्भमा नेपाली काङ्ग्रेस होमिने

काठमाडौं । जेनजी आन्दोलनपछि नियमित वा विशेष महाधिवेशन विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

आजको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको समूह र संस्थापन पक्ष दुवैतर्फबाट फरक-फरक महाधिवेशन कार्यतालिका पेस गरिने तयारी भएको छ ।

यद्यपि सहमतिको लागि पटक पटकका छलफलपछि संस्थापन र कोइराला- गगन समुह नियमित १५ औं  महाधिवेशन गर्न सहमत भएका हुन ।

कार्यबाहक सभापति पुर्णबहादुर खड्का, वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापा र बिश्व प्रकाश शर्मा विशेष महाधिवेशनको होइन नियमित अधिबेशनको लागि तयार भएका छन ।