काठमाडौ । नेपाली काङ्ग्रेसको जारी केन्द्रिय समिति बैठकमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का पक्षले पार्टी यथास्थितिमै गोलमाल गर्ने रणनीति अपनाएपछि इतरपक्ष एकजुट भएको छ ।
आज पार्टीका वरिष्ठ नेता शेखर कोइराला महामन्त्री गगन थापा, बिश्व प्रकाश शर्माले बैठकबसी पुस १६ गते महाधिवेशन गर्नु पर्ने कार्यतालिका पेस गर्ने सहमति गरेका हुन ।
कांग्रेसका महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनुमति नदिए पनि आजको केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने भएका छन ।
महाधिवेशनको कार्यतालिका पेस हुदा आज देखि काङ्ग्रेस भित्रको द्वन्दले अर्को रुप निर्धारण गर्ने छ । कोइराला- थापा एक जुट भए काङ्ग्रेसको आफ्नो बाटो सहज हुने कार्यकर्ताको अपेक्षा रहेको छ ।