काठमाडौ । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेका छन ।
भोलि देखि सुरु हुने केन्द्रीय समिति बैठकबाट निर्णय गरेर खड्कालाई कार्यवाहक दिन देउवाले आफू निकटका नेताहरू मार्फत संकेत गरेका हुन पार्टी स्रोतले भन्यो ।
जेनजी आन्दोलनमा आन्दोलनकारीले कुटपिट गर्दा घाइते भएपछि उनले अब उपरान्त राजनीतिकबाट बिदा लिने बताएको स्रोतको दाबी छ । उनी जेनजी आन्दोलनको सबैभन्दा प्रताडित घाइते नेता हुन ।
पार्टी भित्रका प्रभावशाली नेता शेखर कोइरालालाई कार्यबाहक दिने कि भन्ने मनसाय बनाएका देउवा अन्तन खड्कालाई जिम्मेवारी दिन तयार भएका हुन । आम नागरिक मात्र होइन पार्टी पङ्तीका सम्पुर्णले देउवा युग अन्त्यको चाहना राखेका छन ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेताहरुले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेसँगै देउवाले कार्यवाहक तोकेर महाधिवेशनको कार्यतालिका ल्याउने खोजेका हुन ।