मध्यरातको १२ बजे राउटे युवतीको ओछ्यान पुगेर अनैतिक काम गर्ने युबा पक्राउ

    
मध्यरातको १२ बजे राउटे युवतीको ओछ्यान पुगेर अनैतिक काम गर्ने युबा पक्राउ

गत शुक्रबार मध्यरात १२ बजे सुर्खेतको राउटे बस्तिमा युवतीलाई जबर्जस्ति अनैतिक दुर्व्यवहार गर्न खोज्ने राजु रजालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर केटीमात्र सुतेको छाप्रोमा पसि  दुर्व्यवहार गर्न खोजेको  आरोपमा लेकबेशी–५, नेटाका रजालीलाई राउटे समुहले  नियन्त्रणमा लिइएको हो ।

पछि राउटेको रेखदेख गर्न राखिएको कर्मचारीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर रजालीलाई पक्राउ गरेको हो ।