बिपी हाईबे एक तर्फी खुल्यो, आइतबार देखि दुई तर्फी गाडी गुड्ने

    
बिपी हाईबे एक तर्फी खुल्यो, आइतबार देखि दुई तर्फी गाडी गुड्ने

काठमाडौं । गत १८ गतेको बाढीले क्षेतिग्रस्त विपी राजमार्ग आज दिउँसोबाट एक तर्फी  सञ्चालनमा आएको छ । संघीय राजधानी काठमाडौंलाई पुर्बी जिल्लाहरुलाई जोड्ने एक मात्र छोटो राजमार्ग करिब ५ दिन पछि संचालनमा आएको हो ।

आजबाट सडक संचालनमा आएपनी भोलीसम्म  एक तर्फी मात्र यातायात संचालन हुने छ भने आइतबारबाट मात्र दुई तर्फी संचालन गर्ने संभावना रहेको सडक बिभागले बताएको छ । अहिले सानासाना गाडी गुड्न थालेको प्रहरीले जनाएको छ ।