सिन्धुलीको खाङसाङमा सुनकोशीमा डुबेर एक युबाको मृत्यु

    
सिन्धुलीको खाङसाङमा सुनकोशीमा डुबेर एक युबाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका- ४ खाङसाङमा एक युबाको सुनकोशीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो पौडी खेल्ने क्रममा १७ बर्षिया शिखर ढकालको मृत्यु भएको हो ।

स्थानीय र प्रहरीले खोजी गर्दा उनको शब पानीमा डुबेको अबस्थामा फेला पारेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दह जमेको ठाउमा पौडी खेल्दा उनको मृत्यु भएको हो ।

मृतक युबा स्थानिय शिक्षक खगेन्द्र ढकाल र सर्मिला ढकालका जेठो छोरा हुन । उनी काठमाडौमा कक्षा ११ मा अध्यानरत थिए ।