काठमाडौ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सार्वजनिक रूपमा आफ्नो नेतृत्वशैली र निर्णय प्रक्रियामाथि आलोचना गर्ने नेताहरूसँग लिखित स्पष्टीकरण सोध्ने तयारी गरेका छन । स्पष्टीकरण सोध्ने नाटक मात्र हो । उनको उदेश्य पार्टीबाट हटाउने शृङ्खलाको रुपमा हेरिएको पार्टी स्रोतले बताएको छ ।
स्रोतका अनुसार, पूर्वमन्त्री गोकुल बास्कोटा, नेता योगेश भट्टराई, उशाकिरण तिमल्सिनासहित करिब आधा दर्जन नेतामाथि यस्तो प्रक्रिया अघि बढाइने भएको हो । दर्जन बढी नेतालाई स्पष्टीकरण सोधेपनी बास्कोटा र भट्टराईलाई भने पार्टीबाट कारबाही गर्ने उनको तयारी छ । यी नेताहरूले हालै विभिन्न सञ्चारमाध्यममार्फत ओलीको नेतृत्व र पार्टी सञ्चालन तरिकाबारे प्रश्न उठाएका थिए ।
ओली निकट नेताहरूले यसलाई पार्टी अनुशासन विपरीतको गतिविधि ठहर गर्दै सचिवालयमा छलफल गरेका छन । औपचारिक निर्णय चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको र यस घटनाले एमालेभित्र नेतृत्वप्रतिको असन्तोष अझ खुला रूपमा सतहमा ल्याउने आकलन गरिएको छ ।