पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा हिजो राती पुनः आगजनी भएको छ । जेनजी आन्दोलनमा आगजनी पछि क्षेतिग्रस्त बनेको निवास हिजो राती करिब साढे २ बजेतिर अज्ञात व्यक्तिहरूले आगो लगाएको प्रहरीले जनाएको छ ।
मुख्यमन्त्री पाण्डेका अनुसार गेटमा ताला लगाइएको भए पनि पर्खाल चढेर आएका व्यक्तिहरूले आगजनी गरेको हुनसक्छ । उनले यसअघिको आगजनीबाट बाँकी रहेका कागजात पूर्ण रूपमा नष्ट भएका छन ।
मुख्यमन्त्री पाण्डेलाई २४ गतेको आन्दोलन पछि नेपाली सेनाले सुरक्षा दिएर राखेको थियो । हाल उनी प्रदेश सचिबको कार्यकक्षमा बसिरहेका छन ।