महाबिपत्तिको बार्षीकी डरत्रासमै बित्यो, गत असोज ११ र १२ को रोशी-कोशी बाढीको बितण्डा

    
महाबिपत्तिको बार्षीकी डरत्रासमै बित्यो, गत असोज ११ र १२ को रोशी-कोशी बाढीको बितण्डा

काठमाडौ  ।  वर्ष असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशमा अकल्पनीय जनधनको क्षति भएको एक बर्ष पुगेको छ ।

बाढीपहिरोले त्यसबेला १५० भन्दा बढीको  मृत्यु भएको थियो । काठमाडौ उपत्यका, रसुवा, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगा जिल्ला प्रभावित भएका थिए ।

बिपी राजमार्गको रोशी खण्ड बाढीले बगाएर तहसनहस छ भने खेतीयोग्य जमिन पुननिर्माण जारी रहेको बताईएको छ । रोशी र सुनकोशी करिडोर एक बर्षसम्म डरत्रासमा बितेको सर्बसाधारणले बताएका छन ।