काठमाडौ । नेपाल तेक्वान्दो संघ ओखलढुंगाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट देबराज दाहाल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन ।
संघको निर्बाचित उपाध्यक्षद्वयमा प्रदीप राई र युबराज पहाडी सचीवमा अशेष श्रेष्ठ सदस्यमा बिश्वराज राई,जीवन कटवाल, सेमा राई, भरत सुनुवार निर्वाचित भएका छन ।
निर्वाचन अधिकृत देब कुमार दाहालका अनुसार सम्पुर्ण पदमा सर्व सहमत भएको बताए ।
अधिबेशन जिल्ला खेलकुद कार्यालय ओखलढुंगाका अध्यक्ष प्रबिण श्रेष्ठ, तेक्वान्दोका जिल्ला अध्यक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री छैटौं डान बिश्वराज राईको उपस्थितिमा सम्पन्न भएको संघ स्रोतले प्रष्ट पारेको हो ।