पार्टी भित्र देउवाको ओरालो यात्रा, कोइराला-थापाको तयारीले छिन्नभिन्न देउवा समुह

    
पार्टी भित्र देउवाको ओरालो यात्रा, कोइराला-थापाको तयारीले छिन्नभिन्न देउवा समुह

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै शेखर गगन समुहले हस्ताक्षर अभियान सुरु गरेका छन । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई युबा मैत्री पार्टीमा रुपान्तरण गर्न महामन्त्री गगनकुमार थापा र डा शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन ।

सोमबार काठमाडौँमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जनाले हस्ताक्षर गरेका हुन । जेनजीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा पार्टी सभापतिको गलत नीति, निर्णय, कदम र कामकारबाही जिम्मेवार भएको ठहर हस्ताक्षर कर्ताहरुको छ । वर्तमान परिस्थितिको माग बमोजिम केन्द्रीय समितिको क्षेत्राधिकार समेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्व केन्द्रीय समितिलाई हुने हुदा विशेष महाधिवेशनको माग गरिएको नेताहरुले बताएका छ ।

काङ्ग्रेसमा  १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिमा करिब  ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको रहेको उल्लेख छ । पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने ब्यबस्था गरेको छ । जेनजीको आन्दोलन पुर्ब केन्द्रीय समितिमा स्पष्ट बहुमत रहेको देउवा समुह तितरबितर हुदा शेखर गगन समुह झन बलियो बन्दै गएको छ ।

काङ्ग्रेसको बिधानत आगामी मंसिरमै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने भए पनि देउवाको पदलुप्ताको कारण निर्धारित समयमा महाधिबेशन   नहुने पक्कापक्की भइसक्दा शेखर गगन समुहले हस्ताक्षर गरेर पार्टी सभापतिको टाउकोमा तरबार तेर्साएका छन । महाधिबेशन गर्न पुग्ने ४० प्रतिशत हस्ताक्षर पुग्ने संभावना बढेकाले देउवाका दिन सकिएको आकलन गर्न थालिएको छ ।

गगन-शेखर समुहलाई काउण्टर दिन देउवा पक्षका पुर्ब पदाधिकारीको एउटा झुन्ड बिगत देखिनै कोठे बैठकमा बस्ने गरेको भएपनी हिजो बसेको बैठकमा बिमलेन्द्र निधी, सशाङ्क कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलाको  मात्र  उपस्थिति रहनु गोपालमान श्रेष्ठ, बिजय कुमार गच्छदारको अनुपस्थितलाई यो समुह बिस्तारै छिन्नभिन्न हुँदै गएको सङ्केतमा रुपमा हेर्न थालिएको छ ।