सरकारी अड्डामा ढिलासुस्ती, अबान्चित गतिविधि विरुद्ध सुशासन कायम गर्न हटलाइन नम्बर सार्बजनिक

    
सरकारी अड्डामा ढिलासुस्ती, अबान्चित गतिविधि विरुद्ध सुशासन कायम गर्न हटलाइन नम्बर सार्बजनिक

काठमाडौ । जेनजी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सुशासनको पक्षमा कडा कदम चाल्ने बताएको छ । जनताले सरकारी कार्यालयमा ढिलासुस्ती, घुस माग, दुःख-हैरानी वा नराम्रो व्यवहार भोग्नु पर्ने बाध्यता विरुद्ध सरकार कठोर बन्ने भएको हो ।

हरेक नागरिकले सरकारी सेवा लिदा कुनैपनी अबान्चित गतिविधि भए तुरुन्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हटलाईन : 9851145045 मा सम्पर्क गर्न सकिने ब्यबस्था गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।