झलनाथ पत्नी रबिलक्ष्मी चित्रकारको अन्तत देब्रे हात रहेन

    
झलनाथ पत्नी रबिलक्ष्मी चित्रकारको अन्तत देब्रे हात रहेन

काठमाडौ ।  नेकपा एकीकृत समाजवादीका नेता, तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हातमा इन्फेक्सन भएपछि अन्तत हात काटिएको छ ।

काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो लगाएका थिए ।

उनको मृत्यु भएको खबर समेत फैलिएको बेला जलेको अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनको देब्रे हात ४० प्रतिशत जलेको, कडा इन्फेक्सन देखा परेपछि  उनको हात काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।