काठमाडौं । भारतीय ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाले चार महिना देखि आफ्नो स्तनको ३० लिटर दूध दान गरेकी छिन । अप्रिलमा छोरी जन्माएकी उनले त्यस यताका दिनमा अस्पताल मार्फत नबजात शिशुलाई दैनिक आफ्नो दूध दान गरेको संचारमाध्यमले उल्लेख गरेका छन ।
उनले बिरामी र कमजोर नवजात शिशुहरूलाई नयाँ जीवन दिन यो काम गरेको बताएकी हुन । गुट्टाले सरकारी अस्पतालको अनुमातिमा आफ्नो दूध दान गरिरहेकी छिन ।
मिडिया रिपोर्टका अनुसार उनले अहिलेसम्म ३० लिटरसम्म स्तन दूध दान गरिसकेकी छिन । उनले दान गरेको दुधले आमा बिहिन, समय भन्दा पहिले बच्चा जन्माएर दूध नआएका आमाका बच्चा, जन्मेका वा गम्भीर बिरामी भएका बच्चाहरूलाई बचाउन मद्धत गरेको अस्पतालले जनाएको छ ।
पछिल्लो चार महिनादेखि आफ्नो स्तन दूध दान गर्दै आएकी गुट्टाले स्तनको दूध दान गर्न पाउदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन । उनी भारतको महाराष्ट्र निवासी हुन । भारतमा उनलाई निकै राम्री महिला भन्दै तारिफ गरिन्छ ।