काठमाडौ । साँझ ५ बजेबाट बिहान ५ बजेसम्म निषेध विपी राजमार्ग चौबिसै घण्टा खुल्ने भएको छ । गत वर्षको वर्षातले बनाएको सडक कमजोर भौगोलिक अवस्था र मनसुनका कारण रातिको समयमा प्रशासनले गाडी चलाउन रोक लागाईएको थियो ।
बडादशै र तिहारलाई मध्ये नजर राख्दै असोज १ गतेबाट चौबिसै घण्टा खुल्ने काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
खण्डखण्डमा बिभाजन गरेर ठेक्का लागेको उक्त राजमार्गमा आउने बाढी पहिरोलाई मध्ये नजर गर्दै करिब ३५ स्काभेटर तयारी अबस्थामा राखेको सडक डिभिजन कार्यालय भक्तपुरले प्रष्ट पारेको छ ।