उर्जा मन्त्री कुलमानको चाकडीमा विद्युतको बिल नतिर्ने ब्यापारीको दौडधुप

    
उर्जा मन्त्री कुलमानको चाकडीमा विद्युतको बिल नतिर्ने ब्यापारीको दौडधुप

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा कुलमान घिसिङ उर्जा मन्त्री नियुक्ति हुने पक्का भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उज्यालो नेपाल अभियानका घिसिङ मन्त्री हुने भएपछि विद्युतको बिल तिर्न नमान्ने ब्यापारीको खैलाबैला भईरहेको छ ।

करिब ५० जना ब्यापारीको उद्योगले १५ अर्ब भन्दा बढी विद्युतको भुक्तानी गर्न बाकी रहेको छ । मन्त्री हुने पक्का पछि घिसिङको चाकडी गर्न विद्युतको बिल नतिर्ने ब्यापारीको दौड पनि सुरु भएको छ ।

ब्यापारीको दबाबमा परेर केपी ओलीको सरकारले उनलाई कार्यकारी प्रमुखबाट हटाएर जितेन्द्र देबलाई प्रमुख बनाएको थियो ।