काठमाडौ । राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक सुरु हुदैछ ।
स्रोतका अनुसार धेरै विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र साह र जेनजीले संसद विघटनलाई बटमलाइन बनाएका छन । तर, राष्ट्रपति सहमत नभएपछि सहमति हुन नसकेको स्रोतहरूको भनाइ छ ।
संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल बढेको बताएईएको छ ।
धोका नहुने र जेनजीहरूको माग पूरा गर्ने राष्ट्रपति र प्रधानसेनापतिले आश्वस्त पारेपछि सबै समूह सहमति नजिक पुगेका छन । जेनजीको समूहबाट कानूनविद्को रूपमा अधिवक्ता ओमप्रकाश अर्यालले कानुनको ब्याख्या गरिरहेका छन ।
संसद विघटन गर्ने जेनजीको माग र विघटन गर्न नहुने दलहरुको छलफल थप पेचिलो बनेको छ ।