दलका युबा नेताको संबिधानको रक्षा गरौं भन्दै आन्दोलनको तयारी

    
दलका युबा नेताको संबिधानको रक्षा गरौं भन्दै आन्दोलनको तयारी

काठमाडौ ।  संविधानको रक्षा गरौं भन्ने आन्दोलन गर्ने समाचार आएपछि नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आन्दोलनको लागि  काङ्ग्रेस, एमाले, माओवादी युवाहरु अहिले छलफलमा जुटिरहेको स्रोतको दाबी छ ।

दलका युवाहरुको आन्दोलन तयारी पछि काठमाडौंको माइतीघर, कालीमाटी, नक्साल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ । जेनजीको आन्दोलनलाई सकारात्मक रुपमा लिएका दलका युवा नेताहरुले सेनाको अस्वभाविक सक्रियता पछि आन्दोलन गर्न बाध्य भएको बताएका छन ।

जेनजीको आन्दोलन पछि संबिधान बिपरितका कदम चालिने संभावना रहेको भन्दै संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचारहरू बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल खटिएका छन ।