स्याबास नेपाली सेना, आन्दोलन सफल बनाउन जंगीअड्डाको अहम भुमिका

    
स्याबास नेपाली सेना, आन्दोलन सफल बनाउन जंगीअड्डाको अहम भुमिका

काठमाडौ । नेपाली सेनाले नेपालमा  भइरहेको ‘जेनजी’ आन्दोलनमा आन्दोलनकै पक्षमा उभिएर आन्दोलन सफल बनाएको छ । नेपाली सेना संबिधान अनुसार जनताबाट निर्वाचित सरकारको विरुद्धमा उभिदै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गराउन सफल भयो ।

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ बाहेक एक गोली पनि खर्च नगरी जेनजीको आन्दोलन सफल बनाएको हो ।

यदि सेनाले कार्यकारी सरकार प्रमुखलाई साथ दिएको भए आन्दोलन थप लम्बिन जाने थियो तर सेना जनताको पक्षमा उभियो आन्दोलन सफल भयो एक बिश्लेषकले भने ।

जंगीअड्डाले जब जनताको बिद्रोहको समर्थन गर्यो त्यो समर्थन नै आजको सफलता हो भन्ने बहस चलिरहेको छ ।