काठमाडौ । चीन भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन । उनी भ्रमण छोट्याएर आजै नेपाल फर्कने छन ।
कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन । कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् । शेखर पक्षीय एक नेताले नेता कोइरालाले फोन गरेर राजीनामा गर्न निर्देशन दिएको जानकारी गराए ।