काठमाडौं । सोमबार जेनजीले सामाजिक सञ्जाल बन्दको विरोधमा बानेश्वरमा प्रदर्शन गर्दा संसद् भवनमा रहेका गृहमन्त्री रमेश लेखक प्रदर्शनकारी भित्र छिर्न लागेपछि भागेर सिंहदरबार पुगेका छन ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली प्रहरी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
साम्सदका विचार ध्यान पूर्वक सुनिरहेका गृहमन्त्री रमेश लेखकलाई कसैले फोन गरेर आन्दोलनकारी सम्सद भवन छिर्न खोजेको जानकारी दिने बितिकै उनी बैठक कक्षबाट बाहिरिए ।
उनी त्यहाँबाट हतार हतार भाग्दैगर्दा प्रदर्शनकारी संघीय संसद् भवनको गेट माथि चढेको तस्वीर सार्वजनिक भइसकेको थियो । केही समय ढिला भएको भए बाटोमा कुनै अप्रिय घटना हुने थियो स्रोतले भन्यो ।