गृहमन्त्री लेखकलाई सुरक्षा प्रमुखको लाजमर्दो व्रिफिङ, आन्दोलनमा घुसपैठ भयो

    
गृहमन्त्री लेखकलाई सुरक्षा प्रमुखको लाजमर्दो व्रिफिङ, आन्दोलनमा घुसपैठ भयो
काठमाडौ । काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनमा घुसपैठ भएको ब्रिफिङ सुरक्षा प्रमुखहरूले गृहमन्त्री रमेश लेखकलाई गराएका छन ।

केही समय अघि गृहमन्त्रालयमा भएको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले गृहमन्त्रीसमक्ष ब्रिफिङ गरेका हुन ।

गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूले भने, ‘दुर्गा प्रसाईं र राजावादीहरूको टोलीसँगै रास्वपाका कार्यकर्ताको घुसपैठ भएको पाइयो।

जनआन्दोलन २०६२/०६३ मा पनि राजा ज्ञानेन्द्र शाहलाई सुरक्षा निकायका प्रमुखहरुले यस्तै नानाभाती कुरा गरेर आन्दोलन उत्तेजित बनाउने गर्दथे अहिले पनि त्यस्तै रुप देखापरेको छ एक सुरक्षा बिज्ञले भने ।

यो आन्दोलनले देशको शासन ब्यबस्था परिवर्तन गर्ने उनले चेतावनी दिए ।